आइतबार २१ मंसिर, २०८२

कुमारी बैंकका ग्राहकले बन्दीपुर केबुलकारमा छुट पाउने

कुमारी बैंकका ग्राहकले बन्दीपुर केबुलकारमा छुट पाउने

काठमाडौं । कुमारी बैंक र बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकले बन्दीपुर केबुलकारका सेवामा विशेष छुट पाउने भएका छन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकले केबुलकार टिकट, स्काई साइकलिङ र जिपलाइन टिकट तथा डाइभ इन रेष्ट्रोमा १३ प्रतिशत सम्मको छुट पाउने छन् ।

बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहीत बैंकिङ्ग इकाइ सञ्चालन गरिरहेको छ ।