इथियोपियामा १२ हजार वर्षपछि ज्वालामुखी विस्फोट
काठमाडौँ । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् ।
पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्ष यता पहिलो पटक विस्फोट भएको हो । ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुँवा १४ किलोमिटर उचाइसम्म पुगेको बताइएको छ ।
ज्वालामुखीका कारण निस्किएको धुलो यमन, ओमान, भारत र उत्तरी पाकिस्तानसम्म पुगेको जनाइएको छ । ज्वालामुखीबाट भएको हताहतको विवरण भने प्राप्त भइसकेको छैन ।
आकाशमा मडारिएको धुलोका कारण कैयौँ अन्तर्राष्ट्रिय उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
