एलआईसी नेपालले सरकारको भौतिक पुनर्निर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौँ । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाईफ इन्स्योरेन्स कर्पोरेशन एलआइसीले १ करोड १ लाख रकम योगदान गरेको छ ।
कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सो रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।
एलआइसी नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य तथा पुननिर्माणमा काममा योगदान दिँदै आएको छ । कोषमा ठूलो रकम योगदान गरेकोमा एलआईसी नेपाललाई अर्थमन्त्री खनालले मन्त्रालयमा धन्यवाद ज्ञापन गरेका छन् । सरकारको पुनर्निमाण कोषमा हालसम्म ९ करोड ३० लाख रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।
