आइतबार २१ मंसिर, २०८२

तीन महिनामा वाणिज्य बैंकहरुको ब्याज खर्च १८ प्रतिशतले घट्यो

तीन महिनामा वाणिज्य बैंकहरुको ब्याज खर्च १८ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म वाणिज्य बैंकहरुको ब्याज खर्च ७० अर्ब १९ करोड ७ लाख रूपैयाँ रहेको छ । यो गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा १८.२४ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ब्याज खर्च ८५ अर्ब ८५ करोड ८ लाख रूपैयाँ रहेको थियो । 

जसमा असोज मसान्तसम्म नेपाल बैंकको ब्याज खर्च ३ अर्ब १ करोड ३८ लाख रूपैयाँ रहेको छ । यो गत आवको तुलनामा १७.६२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको ब्याज खर्च ३  अर्ब ६५ करोड ८७ लाख रूपैयाँ रहेको थियो । 

राष्ट्रिय वाणिज्य बैंकको ब्याज खर्च ४ अर्ब १८ करोड ९३ लाख रूपैयाँ रहेको छ । यो गत आवको तुलनामा ९.९५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको ब्याज खर्च ४ अर्ब ६५ करोड २२ लाख रूपैयाँ रहेको थियो । 

नबिल बैंकको ब्याज खर्च ५ अर्ब ८९ करोड ९८ लाख रूपैयाँ रहेको छ । यो गत आवको तुलनामा ११.६७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको ब्याज खर्च ६ अर्ब ६७ करोड ९७ लाख रूपैयाँ रहेको थियो । 

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ब्याज खर्च १४.३५ प्रतिशतले घटेर ५ अर्ब ९ करोड ७२ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ५ अर्ब ९५ करोड १८ लाख रूपैयाँ रहेको थियो । 

स्ट्याण्डर्ड चाटर्ड बैंकको ब्याज खर्च १२.०१ प्रतिशतले घटेर ९० करोड ४९ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च १ अर्ब २ करोड ८६ लाख रूपैयाँ रहेको थियो । 

हिमालयन बैंकको ब्याज खर्च २७.५४ प्रतिशतले घटेर ३ अर्ब ७१ करोड ७२ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ५ अर्ब १३ करोड ४ लाख रूपैयाँ रहेको थियो । 

नेपाल एसबीआई बैंकको ब्याज खर्च १३.६६ प्रतिशतले घटेर २ अर्ब ४१ करोड १३ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च २ अर्ब ७९ करोड २८ लाख रूपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकको ब्याज खर्च १०.४० प्रतिशतले घटेर २ अर्ब ९० करोड ५४ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ३ अर्ब २४ करोड २८ लाख रूपैयाँ रहेको थियो ।

एनआईसी एसिया बैंकको ब्याज खर्च ३१.८२ प्रतिशतले घटेर ४ अर्ब ४ करोड ८९ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ५ अर्ब ९३ करोड ८९ लाख रूपैयाँ रहेको थियो । 

माछापुच्छ्रे बैंकको ब्याज खर्च १६.२३ प्रतिशतले घटेर २ अर्ब २ करोड ६४ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च २ अर्ब ४१ करोड ९२ लाख रूपैयाँ रहेको थियो ।

कुमारी बैंकको ब्याज खर्च २४.२३ प्रतिशतले घटेर ४ अर्ब ३९ करोड ८० लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ५ अर्ब ८० करोड ४९ लाख रूपैयाँ रहेको थियो ।

लक्ष्मी सनराइज बैंकको ब्याज खर्च २०.८९ प्रतिशतले घटेर ३ अर्ब ९९ करोड ४९ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ५ अर्ब ५ करोड रूपैयाँ रहेको थियो ।

सिद्वार्थ बैंकको ब्याज खर्च १६.०१ प्रतिशतले घटेर ३ अर्ब १७ करोड २३ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ३ अर्ब ७७ करोड ७४ लाख रूपैयाँ रहेको थियो ।

कृषि विकास बैंकको ब्याज खर्च १९.०४ प्रतिशतले घटेर ३ अर्ब २ करोड ४२ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ३ अर्ब ७३ करोड ५९ लाख रूपैयाँ रहेको थियो । 

ग्लोबल आईएमई बैंकको ब्याज खर्च १७.९३ प्रतिशतले घटेर ६ अर्ब १८ करोड ७९ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ७ अर्ब ५४ करोड ३ लाख रूपैयाँ रहेको थियो । 

सिटिजन्स बैंकको ब्याज खर्च २१.८१ प्रतिशतले घटेर २ अर्ब ४० करोड रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ३ अर्ब ६ करोड ९७ लाख रूपैयाँ रहेको थियो ।

प्राइम बैंकको ब्याज खर्च ११.२४ प्रतिशतले घटेर ३ अर्ब ४८ करोड ८८ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ३ अर्ब ९३ करोड ९ लाख रूपैयाँ रहेको थियो ।

एनएमबी बैंकको ब्याज खर्च २०.५८ प्रतिशतले घटेर ३ अर्ब १० करोड ७० लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ३ अर्ब ९१ करोड २४ लाख रूपैयाँ रहेको थियो । 

प्रभु बैंकको ब्याज खर्च १९.०७ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड ४६ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ४ अर्ब ४० करोड ४६ लाख रूपैयाँ रहेको थियो ।

सानिमा बैंकको ब्याज खर्च १५.६८ प्रतिशतले घटेर २ अर्ब ६४ करोड ३६ लाख रूपैयाँ रहेको छ । गत आवमा बैंकको ब्याज खर्च ३ अर्ब १३ करोड ५६ लाख रूपैयाँ रहेको थियो ।

वाणिज्य बैंकहरूमा निक्षेप थुप्रिएर बस्दा ब्याज खर्च घटेको छ । निजी क्षेत्रबाट कर्जाको माग नहुँदा वाणिज्य बैंकहरूको ब्याज खर्च घटेको हो । 

अघिल्लो दुई वर्षदेखि बजारमा कर्जाको खासै माग भएको छैन । कर्जाको माग नहुँदा बैंकहरूले सबै प्रकारको निक्षेपको ब्याजदर घटाएका छन् । सोही कारणले वाणिज्य बैंकको ब्याजदर घटेको हो ।

पछिल्लो समय साधारण बचतकर्ताले मुद्दती निक्षेपको निक्षेप बचतमा सार्न थालेका छन् । मुद्दती निक्षेपको तुलनामा बचतको ब्याजदर कम भएको हुनाले पनि ब्याजदर घट्न सफल भएको हो ।