सोमबार २२ मंसिर, २०८२

बालिकालाई करणी गरेको आरोपमा होटल सञ्‍चालक पक्राउ

बालिकालाई करणी गरेको आरोपमा होटल सञ्‍चालक पक्राउ

सुर्खेत। सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चपुरी नगरपालिका‐५ का ४० वर्षीय महेन्द्र अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अर्यालले बालिकालाई ललाइफकाइ जबरजस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

पक्राउ परेका अर्याल पंचपुरी–५ स्थित सरस्वती विद्या निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टल सञ्चालक समेत हुन्। डिएसपी थापाका अनुसार ती बालिका सोही होस्टेलमा बस्दै आएकी थिइन्।

अर्यालले मंसिर ३ गते राती करिब ९ बजे बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी पछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमान्डमा खटिएको पाँच जनाको टोली आइतबार पक्राउ गरेको हो ।

उक्त टोलीले अर्याललाई पञ्चपुरी–१, स्थित बाचकाँडा भन्ने ठाउँमा लुकीछिपी बसेको अवस्थामा मध्यराततिर करिब १२ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ

पक्राउ परेका अर्याललाई बाबियाचौरस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी बुढथापाले जानकारी दिए ।

प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । साथै, आवश्यक कानुनी प्रक्रिया समेत अघि बढाइएको प्रहरीले जनाएको छ ।