आइतबार २१ मंसिर, २०८२

कृषि विकास बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

कृषि विकास बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सभा मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे डाकेको हो ।

सभाले आफ्ना सेयरधनीहरूलाई ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी अग्राधिकार सेयर पुँजीमा वार्षिक ६ प्रतिशतले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि रहेको छ।

साथै, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, मंसिर ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले सभामा भाग लिन र लाभांश पाउन योग्य हुने छन् ।