सोमबार २२ मंसिर, २०८२

जेनजी आन्दोलनका पीडितले पाए ४ अर्ब बीमा दाबी भुक्तानी

जेनजी आन्दोलनका पीडितले पाए ४ अर्ब बीमा दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका कारण भएको क्षतिको बीमा मागदाबीमध्ये ४ अर्ब २ करोड रुपैयाँ भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म मागदाबी भएका २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँमध्ये सो बराबरको बीमा मागदाबी भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार ३ हजार २५५ वटा दाबी परेका थिए । 

आन्दोलनको क्षतितर्फ सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमातर्फ ६९५ दाबीको १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ दाबी रकममध्ये ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यस्तै, मोटर बीमातर्फ २ हजार २९५ दाबीमा ८४ करोड ८५ लाख, इञ्जिनियरिङ बीमातर्फ ६ करोड ६९ लाख, परिवहन बीमातर्फ ४८ लाख र अन्य बीमातर्फ ३९ लाख रुपैयाँ भुक्तानी भएको छ । यसका लागि नेपाल पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरूलाई करिब २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिम भुक्तानी दिएको प्राधिकरणले जनाएको छ । 

अर्कोतिर जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी भने निकै कम छ । कुल ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्धे हालसम्ममा १ करोड १४ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।

बाढीपहिरोका कारण १३ वटा निर्जीवन र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा गरी कुल ७४४ वटा प्रारम्भिक दाबी परेका थिए ।

यसमध्ये बाढीपहिरोबाट सम्पत्ति बीमातर्फ सबैभन्दा बढी ४०५ वटा दाबी परेकोमा ६४ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । त्यस्तै, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीमा १ लाख, इञ्जिनियरिङतर्फ १ लाख ५४ हजार र निजी मोटर बीमातर्फ ४८ लाख रुपैयाँ भुक्तानी भएको छ । 

सार्वजनिक सवारी साधन, सामुद्रिक बीमा र अन्य शिर्षकका दाबीहरूको भुक्तानी भने सुरु नै नभएको प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले विज्ञप्तीमार्फत जानकारी दिए ।