आइतबार २१ मंसिर, २०८२

आज मौद्रिक नीतिको समीक्षा हुँदै, राष्ट्र बैंक बोलायो बोर्ड बैठक

आज मौद्रिक नीतिको समीक्षा हुँदै, राष्ट्र बैंक बोलायो बोर्ड बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको समीक्षा गर्दैछ । गत असार २७ गते सार्वजनिक गरिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्न लागिएको हो ।

यसका लागि आज राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक बोलाइएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जय मिश्रले जानकारी दिए ।

सञ्चालक समितिको बैठकबाट पारित आजै समीक्षा सार्वजनिक गर्ने कार्यक्रम छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा गर्नुपर्ने व्यवस्था छ ।