आइतबार २१ मंसिर, २०८२

हुलास फिनसर्भले आईपीओ जारी गर्ने, साधारणसभाबाट प्रस्ताव पारित

हुलास फिनसर्भले आईपीओ जारी गर्ने, साधारणसभाबाट प्रस्ताव पारित

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

भिभान्त होटलमा सम्पन्न सभाले सार्वजनिक सेयर निष्कासन सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन तथा नाफा–नोक्सान, नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी सर्वसम्मतिले स्वीकृत भएको छ ।

यस्तै, सभाले गत आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समिति सदस्यहरूको पुनर्नियुक्ति तथा सभाको निर्णयमा हस्ताक्षर गर्ने सेयरधनी प्रतिनिधिको मनोनयनसमेत अनुमोदन गरेको छ ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आम सर्वसाधारणलाई सहज तथा शुलभ कर्जा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।