आइतबार २१ मंसिर, २०८२

मौद्रिक नीतिको समीक्षा : मुद्दती निक्षेपमा संस्थागत र व्यक्तिगत तर्फको अन्तर खारेज

मौद्रिक नीतिको समीक्षा : मुद्दती निक्षेपमा संस्थागत र व्यक्तिगत तर्फको अन्तर खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा संस्थागत र व्यक्तिगत तर्फको १ प्रतिशतको अन्तर ( ग्याप)लाई खारेज गरेको छ ।  

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले  संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने  मौजुदा व्यवस्था खारेज गरेको हो । 

राष्ट्र बैंकको मौद्रिक नीतिमा भनिएको छ –  ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ,’ 

यस्तै, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।