आइतबार २१ मंसिर, २०८२

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ८० प्रतिशतसम्म बोनस दर घोषणा

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ८० प्रतिशतसम्म बोनस दर घोषणा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को बोनस दर घोषणा गरेको छ ।

प्रस्तावित बोनस दर नियामक बीमा प्राधिकरणबाट स्वीकृति भएसँगै कम्पनीले मुनाफामा सरिक हुने बीमालेखहरूका लागि न्यूनतम २२ प्रतिशतदेखि अधिकतम् ८० प्रतिशतसम्म बोनस दर प्रदान गर्ने घोषणा गरेको हो । 

बीमा करार (पोलिसी) अनुसार बीमकहरूले घोषित बोनस पाउने आईएमई लाइफ इन्स्योरेन्सका नोडल अफिसर प्रकाश न्यौपानेले जानकारी दिए । कम्पनीले कूल ८ वटा बीमा पोलिसीका लागि समयावधिअनुसार बोनस दरको वर्गीकरण गरेको छ ।

जसअनुसार, सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमालेखका लागि न्यूनतम ३२ प्रतिशतदेखि अधिकतम ७० प्रतिशतसम्म बोनस दर प्रस्ताव गरिएको छ । 

यसैगरी, सामूिहक सावधिक योजनाका लागि ३२ प्रतिशतदेखि ७५ प्रतिशत, सावधिक तथा आजीवन योजनाका लागि ३२ देखि ८० प्रतिशत बोनस दर प्रस्ताव गरिएको छ । 

यसैगरी अगिम्र भक्तानी तथा आजीवन (कल्पधन) योजनाका लागि ३२ प्रतिशतदेखि ६३ प्रतिशतसम्म बोनस दर घोषणा गरेको कम्पनीले अगिम्र भक्तुानी सावधिक योजनका लागि ३० प्रतिशतदेखि ६५ प्रतिशत बोनस दर प्रस्ताव गरेको छ । 

प्रस्तावित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालु बीमालेखमा समेत लागू हुने र कम्पनीको आगामी बीमाड्ढीय मूल्यांकन नभएसम्मका लागि उल्लेखित दावीहरूमा समेत सोही बोनस दर लागू हुने कम्पनीले जनाएको छ ।