आइतबार २१ मंसिर, २०८२

सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वरप्रसाद बस्याल नियुक्त

सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वरप्रसाद बस्याल नियुक्त

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् ।

मंगलवार साँझ बसेको सञ्चालक समिति बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो हाल बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल यही मंसिर २६ बाट सकिँदैछ ।

कँडेलको कार्यकाल सकिनै लाग्दा अधिकृत रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागु हुने गरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।