आइतबार २१ मंसिर, २०८२

बैंकिङ प्रणालीमा निक्षेप ७५ खर्ब ३० अर्ब नाघ्यो, राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब नगद तान्ने

बैंकिङ प्रणालीमा निक्षेप ७५ खर्ब ३० अर्ब नाघ्यो, राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब नगद तान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ६० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ ।

निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले बुधबार २८ दिनका लागि ६० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिरहेको छ । तर, निक्षेपअनुसार कर्जा लगानी हुन नसकेपछि बैंकहरूको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरणमार्फत नगद प्रशोचन गरिरहेको छ । 

उसो त मंसिर महिना लागेसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार बैंकहरूद्वारा संकलित कुल निक्षेप ७५ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । यता कर्जा लगानी भने ५६ खर्ब ५९ अर्ब रुपैयाँबराबर हुन सकेको छ ।

पछिल्ला दिनमा निक्षेपको तुलनामा कर्जा लगानी केही बढे पनि पर्याप्त तरलता व्यवस्थापन हुन सकिरहेको छैन । यस्तो स्थितिमा बैंकहरूसँग हाल ११ खर्बभन्दा बढी लगानीयोग्य पुँजी (तरलता) छ । 

२८ दिनका लागि जारी हुने निक्षेप संकलन बोलकबोलका लागि बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।