आइतबार २१ मंसिर, २०८२

नक्कली नेपाली नोटसहित रौतहटमा भारतीय नागरिकसहित तीन जना पक्राउ

नक्कली नेपाली नोटसहित रौतहटमा भारतीय नागरिकसहित तीन जना पक्राउ

काठमाडौं । नेपाल–भारत सीमा नजिकै रौतहटको ईशनाथ नगरपालिका–४ लतमरीस्थित क्षेत्रमा नक्क'ली नेपाली नोटसहित तीन जना पक्रा'उ परेका छन्।

मंगलबार साँझ करिब ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर–०५ एटी–०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा रोकेर तलासी लिँदा नक्कली नोट बरा'मद भएको प्रहरीले जनाएको छ।

प'क्राउ परेका व्यक्तिहरूमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट हजार दरको ११८ थान नक्कली नेपाली नोट फे'ला परेको छ। उक्त नोट कहाँबाट ल्याइएको हो र यसको व्यापक नेटवर्कबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।