सिटिजन्स बैंकले दोस्रो पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सन् २०२५ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बैंकले याे अवार्ड लगातार दाेस्राे पटक प्राप्त गरेकाे छ ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२५ को ‘बैंक अफ दि इयर’ अवार्ड सिटिजन्स बैंकलाई प्रदान गरेकाे हो ।
बैंकले यसअघि सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड पाएको थियो । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् ।
