आइतबार २१ मंसिर, २०८२

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाललाई महासङ्घ बनाइने

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाललाई महासङ्घ बनाइने

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमिति बैठकले नाडालाई महासङ्घ बनाउने प्रस्ताव पारित गरेको छ ।

नाडाको सोमबार बसेको २४ औँ केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई महासङ्घमा लैजाने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

नाडालाई महासङ्घ बनाउने निर्णयमा सम्पूर्ण कार्यसमिति सदस्यको उपस्थित रहेको थियो ।

त्यस्तै नाडाको ४९ औँ वार्षिक साधारणसभा आगामी पुस ९ गते गर्ने निर्णय समेत गरिएको छ ।