आइतबार २१ मंसिर, २०८२

भारतलाई नेपालबाट थप ३५ मेगावाट विद्युत् निर्यात मार्ग खुला, प्राधिकरणलाई अनुमति

भारतलाई नेपालबाट थप ३५ मेगावाट विद्युत् निर्यात मार्ग खुला, प्राधिकरणलाई अनुमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्न अनुमति पाएको छ।

भारतको सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटी (सीईए)ले दिएको अनुमति अनुसार सेतीनदी जलविद्युत् आयोजनाको २४ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत् आयोजनाको ११ मेगावाट ऊर्जा भारतीय बजारमा पठाइनेछ।

१६ गते प्रदान गरिएको यो स्वीकृतिसँगै प्राधिकरणले भारतमा निर्यात गर्न पाउने कुल विद्युत् क्षमता १२०० मेगावाट पुगेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। यसअघि नेपालले भारतमा ११६५ मेगावाट ऊर्जा बिक्री गरिरहेको थियो।

थप अनुमति प्राप्त भएपछि विद्युत् निर्यात विस्तारमा मद्दत पुग्ने र व्यापार घाटा सन्तुलनमा योगदान पुग्ने प्राधिकरणको भनाइ छ।