बर्दिया घटना : नागरिकता नपाएर आत्महत्याको छानबिन गर्न समिति गठन !
काठमाडौं । बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले आत्महत्या गरेको भनिएको गम्भीर घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
सहसचिव सुरेश पन्थीको संयोजकत्वमा गठित यो समितिलाई पाँच दिनभित्र निष्पक्ष र सत्यतथ्य प्रतिवेदन बुझाउन आदेश दिइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले समेत गृहमन्त्रीलाई यस विषयमा तत्काल छानबिन गर्न निर्देशन दिएकी थिइन्।
