बैंकहरुको मुद्दति निक्षेपमा ४ अर्ब ३५ करोड लगानी गर्दै केन्द्रीय बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ४ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।
यसका लागि मंसिर २३ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ४८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६५ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ ।
यो लगानी सन् २०२५ डिसेम्बर १४ देखि २०२६ डिसेम्बर १४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।
