८ अर्ब ३६ करोड भ्रष्टाचार काण्ड : मधुकुमार मरासिनी सहित अर्थका ५ कर्मचारी मुछिए
काठमाडौं । पोखरा विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै अर्थ मन्त्रालयमा जागिर खाने ५ जना कर्मचारीहरु मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड भ्रष्टाचार भएको भन्दै ५४ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमा भुक्तनी दिने अर्थ मन्त्रालयका कर्मचारीहरु समेत रहेका छन् ।
अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लाल बहादुर खत्री भ्रष्टाचार काण्डमा मुछिएका छन् । यस्तै, अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत कमल कुमार भट्टराई पनि यो काण्डमा मुछिएका छन् ।
अर्थ मन्त्रालयका तत्कालीन उपसचिव प्रेम उपाध्याय भन्ने प्रेम नाथ उपाध्याय पनि यो काण्डमा मुछिएका छन् । उनी लामो समय मन्त्रालयका वैदेशिक सहायता तथा समन्वय महाशाखामा कार्यरत रहेका थिए ।
यसैगरी, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य सूर्य प्रसाद आचार्य पनि यो काण्डमा मुछिएका छन् ।
अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा पनि भ्रष्टाचार काण्डमा मुछिएका छन् ।
