विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
काठमाडौँ । विश्व प्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोय काठमाडौँ आइपुगेकी छन् । उनले आज एकता बुक्समा आफ्ना पाठकका लागि पुस्तकमा हस्ताक्षर गरेकी छन्।
थापाथलीस्थित एकता बुक्समा आयोजित विशेष ‘बुक साइनिङ’ कार्यक्रममा उनले आफ्ना कृतिमा पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै हस्ताक्षर गरेकी हुन् । कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध पाठकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
रोय आफ्नो पछिल्लो पुस्तक Mother Mary Comes to Me को प्रचारका लागि काठमाडौँ आएकी हुन्।
