साझा यातायातका मजदुरको हडताल : सबै रुटमा साझा बस बन्द
काठमाडौँ । मजदुरहरूले विभिन्न माग गर्दै बिहानैदेखि साझा यातायात बन्द गराएका छन् ।
साझा यातायातका चालक र सहचालकले विभिन्न माग गर्दै आज बिहानैदेखि हडताल गरेका साझा यातायातका एक अधिकारीले जानकारी दिए ।
‘हाम्रो अफिसका स्टाफहरूले बिहानैदेखि विभिन्न माग गर्दै हडताल गरिरहनुभएको छ । तर माग के–के हुन जानकारी छैन।’
अहिले उक्त माग सम्बोधनका लागि छलफल भइरहेको उनको भनाइ थियो ।
