मंगलबार १९ फागुन, २०८२

दुबई र आबुधावी विमानस्थल आंशिक खुला

दुबई र आबुधावी विमानस्थल आंशिक खुला

काठमाडौं । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण बन्द दुबई र आबुधाबीका विमानस्थल आंशिक खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार आज यी दुई विमानस्थलबाट लन्डन, मस्को, पेरिस लगायत गन्तव्यका लागि जहाज उडेका छन् ।

खाडी क्षेत्रमा जारी युद्धका कारण संसारका ठूल्ठूला वायुसेवा कम्पनीको व्यापारमा ठूलो असर पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र सोमबार १६ अन्तर्राष्ट्रिय उडान रद्द भए ।

संसारभरि लाखौं यात्रु प्रभावित भएका छन् । दुबई विमानस्थलले ट्राभल एडभाइजरी जारी गरेको छ । जसमा सीमित संख्यामा उडान सुरु भएको उल्लेख छ ।

दुबई विमानस्थलले आफ्ना एयरलाइन्सले उडान समय निश्चित नगरेसम्म विमानस्थल नपुग्न भनेको छ । उडान तालिका जुनसुकै बेला परिवर्तन हुन सक्ने चेतावनी समेत उसले दिएको छ ।