मंगलबार १९ फागुन, २०८२

चितवन राष्ट्रिय निकुञ्जको घाँसेमैदानमा नियन्त्रित डढेलो लगाइँदै

चितवन राष्ट्रिय निकुञ्जको घाँसेमैदानमा नियन्त्रित डढेलो लगाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ । वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ । हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउन सुरु गरिएको उनले जानकारी दिए । क्रमश: अन्य क्षेत्रमा पनि नियन्त्रित डढेलो लगाइने उनले बताए ।

उक्त कार्यका लागि निकुञ्जका ३० जना कर्मचारी खटिएका छन् ।  सूचना अधिकारी मगरले भने, ‘नियन्त्रित डढेलो लगाएपछि ठुलो डढेलोको सम्भावना टर्छ ।’

यसले वन र वन्यजन्तुमा ठुलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए । नियन्त्रित डढेलो लगाउन निकुञ्जका घाँसे मैदानमा एक महिना लाग्ने उनले जानकारी दिए । घाँसे मैदानलाई खण्ड खण्ड बनाएर डढेलो लगाइन्छ । –रासस