शारडा ग्रुपका अध्यक्ष प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

शारडा ग्रुपका अध्यक्ष प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

काठमाडौं, चैत २९


शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा नेपाल चेम्बर अफ कमर्शको प्रतिष्ठित इन्द्रभक्त स्मृती पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७३ औं साधारण सभाको अवसरमा आयोजित समारोहमा यस शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडालाई सम्मानित गरिएको हो । 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष शारडालाई उनको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । शारडा ग्रुपको नेतृत्व गर्दै अध्यक्षले नेपालमा रोजगारीको अवसर श्रृजना सँगै मुलुकको आर्थिक विकासमा पुर्‍याएको योगदानको  कदर गर्दै प्रतिष्ठित पुरस्कार प्रदान गरिएको चेम्वरको भनाई छ ।

  
शिवरतन शारडाले नेपालको व्यापारीक क्षेत्रमा पुर्‍याउनुभएको वृहत योगदान तथा शारडा ग्रुपको नेतृत्व गर्दै मुलुकाको आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा स्वरुप पुरस्कारबाट सम्मानित गरिएको हो । शारडा समुहले उपभोक्ताले प्रयोग गर्ने वस्तुको ब्यवस्थापन, उत्पादन र आयात गर्दै आएको छ । निष्ठा, नविनता र गतिशिलताको प्रतिक बनेको शारडा ग्रुप दशकौँ देखी नेपालको ब्यापारिक क्षेत्रको मजबुत विम्ब बनेको छ । 


“प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन पाउँदा निकै हर्षित छु“ अध्यक्ष शिवरतन शारडा । “शारडा ग्रुपले दशकौं देखी गरेको सेवा र गुणस्तरको मुल्यांक हुँदा कृतज्ञ महसुस गरेको छु । हामी मुलुकको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्न कटिबद्ध छौं ।“
 

प्रतिष्ठित उद्योगी र सामाजसेवी स्वर्गिय इन्द्रभक्त श्रेष्ठको स्मृतिमा इन्द्रभक्त स्मृती पुरस्कार नामाकरण गरीएको हो । यो पुरस्कार उद्योग, व्यापार क्षेत्रका नेतृत्वकर्ताहरुले सामाजिक दायित्व र मुुलुकको विकासमा निभाएको भुमिकाको कदर गर्दै प्रदान गरिन्छ । शारदा समुह–शारदा समुह नेपालको नेतृत्वकर्ता ब्यापारिक समुह हो । जसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।