नेप्सेमा दोहोरो अंकले बृद्धि

नेप्सेमा दोहोरो अंकले बृद्धि

काठमाडौं, बैशाख ९ 

नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १२ दशमलव २९ अंकले बढेर १९ सय ८४ दशमलव ४३ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २८ अंकले बढेर तीन सय ५० दशमलव ७५ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४७ हजार एक सय १७ पटकको कारोबारमा ६३ लाख ९३ हजार दुई सय ४५ कित्ता सेयर खरिद बिक्री भएका छन््। सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार चार सय ५६ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक र सामुहिक लगानी कोष समुहको सुचक घटेका छन भने बाँकी समुहहरुको सुचक भने आज बढेका छन् । सो मध्ये बिकास बैंक समुहको सुचक ४१ दशमलव ६७ अंकले बढेर तीन हजार आठ सय ९८ दशमलव ६२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुुचक पनि २७ दशमलव ९१ अंकले बढेर दुई हजार चार सय ३४ दशमलव ६१ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि ४१ दशमलव २१ अंकले बढेर एक हजार ५६ दशमलव ९० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ९६ दशमलव ६३ अंकले बढेर १० हजार दुई सय ८५ दशमलव ८३ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।  

नेप्सेमा आज दोल्ती पावर कम्पनीले सबै भन्दा बढी कमाएको छ भने पिपुल्स पावर लिमिटेडले सबै भन्दा बढी गुमाएको छ । गोर्खाज फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।