ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्र्नै

ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्र्नै

काठमाडौं, बैशाख ९ 

ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य एक सय रुपैंयाँ दरका १२ लाख कित्ता सेयर जारी गर्नै भएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रिप्रबन्धककोरुपमा नियुक्त गरिएको छ ।

सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशकसुमन कुमारी जोशी ले हस्ताक्षर गरेका छन् । ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।