नेप्सेमा उच्च अंकले गिरावट,सुचक तथा कारोबार रकम दुबै घटे

नेप्सेमा उच्च अंकले गिरावट,सुचक तथा कारोबार रकम दुबै घटे

काठमाडौं, जेठ १३,


नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २२ दशमलव १४ अकले घटेर २१ सय नौं दशमलव ३४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दशमलव ४४ अंकले घटेर तीन सय ७९ दशमलव २३ अंकमा पुगेको छ । तीन सय १५ वटा कम्पनीहरुको ७० हजार पाँच सय ८६ पटकको कारोबारमा एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ रुपैंयाँ कायम भएको छ ।

 
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन्् । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्र्जीवन बीमा लगानी, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।


नेप्सेमा आज कालिञ्चोक दर्शन लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।