एन आई सी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल नियुक्त

एन आई सी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल नियुक्त

काठमाडौं, जेठ १३

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयानुसा।र मिलन सिग्देललाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरे बमोजिम यस संस्थाको सञ्चालक समितिको २१४ औँ बैठकले उनलाई सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ । 

नव नियुक्त सञ्चालक मिलन सिग्देललले संस्थाका अध्यक्ष सुवर्ण पौडेल समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन । करीब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएका सिग्देल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।