एक किलो १०१ ग्राम कोकिनसहित एक जना पक्राउ

एक किलो १०१ ग्राम कोकिनसहित एक जना पक्राउ

काठमाडौं, जेठ १३

अवैध लागूऔषध कोकिन एक किलो १ सय १ ग्रामसहित कंगोलिज नागरिक ४९ वर्षीया अपुला एकुत्सु मबोंगोलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित होटलबाट पक्राउ गरेको हो ।  

दुवईबाट जेठ ४ गते काठमाडौं आएकी उनको ब्याग भित्र लुकाई छिपाई प्लाष्टिएकले र्यालपिङ गरी राखिएका ८५ वटा क्याप्सुलमा उक्त कोकिन फेला परेको थियो । उनले ती क्यापसुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।