सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, जेठ १३

महोत्तरीको सम्सी गाउँपालिका–४ भेटपुरस्थित सडकमा सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय राम आशिस पण्डितको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको काव्या अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ 

पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोक बजारस्थित सडकमा फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना.१ क ४५३३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री पाँचथर हिलिहाङ गाउँपालिका–१ बस्ने ७२ वर्षीय रुपध्वज राईको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथर हुँदै फिक्कल सरकारी अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।