इसेवा सँग कलाकार सुमन कार्की ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

इसेवा सँग कलाकार सुमन कार्की ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

काठमाडौं, जेठ १६

इसेवा लि नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनीले, कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ । सम्झौता हस्ताक्षर यहि जेष्ठ १५ गते, इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार सुमन कार्की बीच पुल्चोकस्थित इसेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रममार्फत भएको थियो । 

यस साझेदारीको बारेमा बोल्दै इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम इसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने जनाएका छन् । लोकप्रिय नेपाली रियालिटी शो कमेडी च्याप्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यगं क्षेत्रमा छोटो समयमै असाधारण लोकप्रियता पाउने कलाकारको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । 

आउने दिनहरुमा इसेवाले गर्ने विभिन्न कार्यक्रम तथा योजनाहरुमा उनको कलाकृत मार्फत ग्राहकहरुलाई मनोरञ्जनात्मक शैलिद्वारा प्रचारप्रसारमा मद्दत पुग्ने विश्वासको साथ यो सम्झौता गरिएको पनि चिफ बिजनेस अफिसर आशिष गौतमले बताए । इसेवा र कार्की बीचको यस साझेदारीले ब्रान्डको प्रचारप्रसार संगै दर्शक र ग्राहकहरुले रमाइलो शैलिको प्रस्तुत सामग्रीहरु पनि देख्न पाउनेछन् ।

इसेवा लि. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनीमा नेपालकै अग्रणी स्थानमा रहेको एफवान सफ्ट इन्टरनेशनलको एक सहायक कम्पनीको रुपमा इसेवा रहेको छ । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा लि., सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन् । 

यस कम्पनीसँग ८० लाख भन्दा बढि दर्ता भएका ग्राहकहरु, २५०,००० भन्दा बढि एजेन्टस, ४९ बैंकहरु, ४५ लघुवित्तहरु, २२०० भन्दा बढी इ सेवा क्यास प्वाईन्ट तथा ३५०,००० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन् ।