ढकमक्क फुलेको ड्रागन फ्रुट
दाङ, १७ जेठ ः
दाङको घोराही उपमहानगरपालिका १८ स्थित अखबरेमा दिलचन बुढाले गर्नु भएको ड्रागन फ्रुट खेतीमा बुधबार राती फुलेको ड्रागन फ्रुटको फूल । ड्रागनको फूल रातिमा फुल्ने भएर रातकी रानी पनि भन्ने गरिन्छ । बुढाले दुई बिघा क्षेत्रफलको भाडाको जग्गामा पाँच वर्षदेखि व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आउनुभएको छ ।
तस्बिर ः कुलदीप न्यौपाने÷ रासस