अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

बाँके, जेठ २१

बैजनाथ गाउँपालिका–६ सम्झनाचोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्रामसहित कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।