करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

नवलपरासी पूर्व, जेठ २१   

कावासोती नगरपालिका–१६ चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर बाँके नरेनापुर गाउँपालिका–४ घर भई रोयल कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंमा कार्यरत २४ वर्षीय कुलदिप गुरूङको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।