नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट

नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट

काठमाढौं, जेठ २१

नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार तीन दशमलव ९७ अंकले घटेर दुई हजार ७९ दशमलव शुन्य सात अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले घटेर तीन सय ७० दशमलव शुन्य छ अंकमा पुगेको छ । तीन सय १६ वटा कम्पनीहरुको ५९ हजार दुई सय ९५ पटकको कारोबारमा ८८ लाख २० हजार एक सय २५ कित्ता सेयर किनेबच हुँदा आज कुल कारोबार रकम चार अर्ब ४० लाख ७० हजार दुई सय ४७ रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये लघुवित्त समुहको सुचक एक सय छ दशमलव ७९ अंकले बढेकोमा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने एनआईबिएल स्टेबल फण्डले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।