नेप्से घट्यो, झण्डै छ अंकले घट्दा झण्डै चार अर्बको सेयर किनबेच

नेप्से घट्यो, झण्डै छ अंकले घट्दा झण्डै चार अर्बको सेयर किनबेच

काठमाडौं, जेठ २३

नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पाँच दशमलव ५८ अंकले घटेर दुई हजार ७९ दशमलव ७१ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ४१ अंकले घटेर तीन सय ७१ दशमलव ६१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको ४९ हजार सात सय ३३ पटकको कारोबारमा ८० लाख ४२ हजार सात सय ६७ कित्ता सेयर खरिद भएका छन् । जसबाट कुल कारोबार रकम तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार चार सय ९२ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स, लघुवित्त, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक बढेको छ भने लगानी समुहको सुचक स्थिर रहेको छ । यि बाहेक बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, अन्य र व्यापार समुहको सुचक भने घटेका छन् । नेप्सेमा आज भगवती हाईड्रो पावर डेभलममेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने अपर लोहोरे खोला जलबिद्युत लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।