एनएमबी बैंक ’ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

एनएमबी बैंक ’ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

काठमाडौं, जेठ २५

एनएमबी बैंक ’ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । बैंकका अनुसार यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन डब्ल्युएसिसी २०२४ मा प्रदान गरिएको हो ।यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो ।

बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रूपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको दाबी बैंकले गरेको छ । एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ’द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ’बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।