एलिट क्यापिटलद्धारा हकप्रद निष्काशन

एलिट क्यापिटलद्धारा हकप्रद निष्काशन

काठमाडौं, जेठ २७

एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन शेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ । हाल संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००ः२५ अर्थात २५ प्रतिशत हकप्रद निष्काशन गरिएको हो । यदी कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै बिद्यमान अन्य शेयरधनीले खरिदको अवरि पाउनेछन । यो हकप्रद निष्काशनपछी एलिट क्यापिटलको चुक्तापुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रदपछी संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत शेयर आमसर्वसाधारणलाई आईपिओमार्फत विक्री गरिने योजना क्यापिटलले बनाएको छ । 

नेपाली व्यवशायी, गैरआवासीय नेपाल, शेयर बजारका लगानीकर्ता, बैंकर्स र उद्यमीहरुको प्रयासमा स्थापित एलिट क्यापिटलले बिभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु दिइरहेको छ । पोर्टफोलियो मेनेजमेन्ट, कर्पोरेट एडभाईजरी, अण्डरराईटिङ तथा डिम्याट सेवा प्रदान गरिरहेको छ । साथै क्यापिटलले प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटलको रुपमा पनि काम गर्ने तयारी गरिरहेको संस्थाका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिनुभयो । मर्चेन्ट बैंकिङसम्बन्धि पूर्ण सेवा दिने क्रममा एलिट क्यापिटलले बिक्री प्रबन्धक र शेयर रजिष्टारको सेवा पनि दिने तयारी गरेको छ ।

तर, धितोपत्र बोर्डले बिक्री प्रबन्धक र शेयर रजिष्टारको ईजाजतपत्र दिन रोको लामो समय भैसकेका कारण सेवा दिन नसकिएको क्यापिटलले जनाएको छ । एलिट क्यापिटलले व्यक्तिगत तथा संस्थागत पोर्टफोलियो मेनेजमेन्ट सेवामा सबैभन्दा सस्तो शुल्कमा सेवा दिइरहेको छ भने मुनाफामा भागबण्डा हुने पर्फमेन्ट शुल्क पनि सबैभन्दा कम लिने गरेको छ । यसले १५ बर्ष लामो दिर्घकालिन लगानीका स्किमदेखि छोटो लगानी स्किमहरु संचालन गरिरहेको छ ।