नबिल बैंकले पायो ’प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

नबिल बैंकले पायो ’प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

काठमाडौं, जेठ २७

नबिल बैंक लिमिटेडले ’प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड पाएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा दुई सय भन्दा बढी मनोनयन गरिएको बैंकको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको जानकारी दिए । ‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैंकको उत्कृष्टता र इनोभेसन प्रतिको समर्पणलाई झल्काउँछ,’ प्रमुख कार्यकारी ढुंगानाले भने ।