लक्ष्मी सन्राइज बैंकले मनायो विश्व वातावरण दिवस २०२४

लक्ष्मी सन्राइज बैंकले मनायो विश्व वातावरण दिवस २०२४

काठमाडौं, जेठ २८

लक्ष्मी सन्राइज बैंकले ‘प्रोजेक्ट ५ के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको हाम्रो भुमी हाम्रो भविष्य भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो ।

जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको  सहकार्यमा करिब ६,००० रूखहरु रोपेको बैंकले जानकारी दिएको छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो ।