मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

काठमाडौं, जेठ २९

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपुरधारा बस्ने रसुवा आमाछोदिङमो गाउँपालिका–३ गतलाङ घर भएका १९ वर्षीय सागर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोंगबुबाट ग.२१ प ५७७७ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त निवेदनको आधारमा उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा.८५ प ६०६६ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी उक्त मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ ।