युनाईटेड अजोड इन्स्योरेन्सको बिशेष साधारण सभा सम्पन्न

युनाईटेड अजोड इन्स्योरेन्सको बिशेष साधारण सभा सम्पन्न

काठमाडौं, जेठ ३१

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगालमा बिशेष साधारण सभा सम्पन्न गरेको हो । सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोडको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयर वरावर १५ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको कम्पनीले जानकारी र्दिएको छ । यसैगरी हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपैंयाँ पुग्ने छ । 

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या दुई लाख दुई हजार छ सय १८, बीमाशुल्क वापत दुई अर्ब ३६ करोड ७८ लाख ७७ हजार नौ सय ४९ रुपैंयाँ आर्जन गरि तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार दुई सय १५ रुपैंयाँ खुद मुनाफा आर्जन गर्न सफल भएकामे जानकारी दिए । कम्पनीले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोहि अवधिमा आठ हजार एक सय ८१ वटा दावीको रकम एक अर्ब २६ करोड ६४ लाख ९४ हजार पाँच सय ६८ रुपैंयाँ दाबी भुक्तानी गरेको र कोभिड बीमा दाबी बाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या तीन हजार सात सय ३७ कायम गर्न सफल भएको जनाएको छ । 

यसैगरी कम्पनीको पुनर्बीमा कम्पनीहरु सँगको पुराना हिसाब किताब राफसाफ गरि व्यवसायिक सम्बन्ध सुधार गर्ने कार्यहरु भइरहेको र यसको फलःस्वरुप कम्पनीप्रति पुनर्बीमा कम्पनीहरुको विश्वासमा अभिवृद्धि भई आगामी वर्ष पुनर्बीमा कमिशनमा बृद्धि हुन सक्ने र कम्पनीलाई लाभदायक पुनर्बीमा संम्झौता गर्न सुविधा हुने कम्पनीले जानकारी दिएको छ ।