शुक्रबार ३० अर्ब रुपैयाँको निक्षेप उपकरणको बिक्री गदैं राष्ट्र बैंक
![शुक्रबार ३० अर्ब रुपैयाँको निक्षेप उपकरणको बिक्री गदैं राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal%2520Rastra%2520Bank%2520photo_aorCllgeJG_15gurjx1p44z0jrdymt5epv2utffi7ojoyjvxtaagwnnpt7t74952apgvwkq_hzo6wgxrg5_52wype3ge6ikwmbh4n4oonxfzrxoswgsm7luzrelsafofvflbw18vpaffz9k.jpg)
काठमाडौं, जेठ ३१
भोलि शुक्रबार नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह १२ बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । परिपक्व हुुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती यही असार १४ गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।