"श्री केश हेयर ओयल गुणस्तरमा पक्का छ"

"श्री केश हेयर ओयल गुणस्तरमा पक्का छ"

काठमाडौं, जेठ ३२

पछिल्लो समय विभिन्न मिडिया एवं सामाजिक सञ्जालमा सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट   उत्पादित श्री केश हेयर ओयलबारे प्रश्नहरू  उठिरहेका  छन्।  यही विषयलाई मध्यनजर गर्दै कम्पनीले  हालसालै पत्रकार सम्मेलन आयोजना गरेको छ।  सम्मेलनमा बोल्दै  सप्तऋषिका प्रबन्ध निर्देशक टिकाराम बुढाथोकीले  श्री केश हेयर ओयलको उत्पादन, भण्डारण  एवं गुणस्तरबारे जानकारी गराउनु भयो।

"नेपाल सरकारद्वारा मान्यता प्राप्त यस ओयलमा प्रयोग भएका कच्चा पदार्थ एवं जडीबुटी कपालको सुरक्षा, पोषण र उपचारमा उपयोगी छ।  यसलाई विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ।  त्यसैले यो उत्पादनको गुणस्तरबारे  कुनै शंका गर्नु आवश्यक छैन।"

वँहाका अनुसार कम्पनीले जडिबुटीको खेती, प्रशोधन, उत्पादन र विक्री वितरण स्वदेशी र विदेशी बजारमा गरिरहेको छ।  ूयसले सयौ नेपालीहरुलाई प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरी  मुकुल्को बढ्दो वैदेशिक व्यापारलाइ केही हदसम्म भएपनि कम गर्न मद्दत गरिरहेको छ। नेपाल सरकारबाट जडिबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई, पहाड र हिमाल क्षेत्रमा यस्तो खेती गर्ने योजना कम्पनीको छ।