त्रिशुलिमा बेपत्ता ब्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार, दुईको खोजी कार्य जारी

त्रिशुलिमा बेपत्ता ब्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार, दुईको खोजी कार्य जारी

काठमाडौं, जेठ ३२

त्रिशुली नदिमा बेपत्ता भएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । जेठ ३१ गते बिहिबार दिउँसो चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशुली नदिमा नाम वतन नखुलेको एक ब्यक्ति बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछी सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा गोताखोरसहित १० जनाको फौज परिचालन गरिएको थियो । 

उनलाई साँझ सवाँ ५ बजे नदि किनारको पहरोमा अड्किएको अवस्थामा जिबितै उद्वार गरी कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा ल्याईएको छ । उद्वार गरिएका ब्यक्ति सप्तरी जिल्लाको खडक गाउँपालिका–८ गर भई हाल कुरिनटारस्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ बर्षका बन्धुलाल चौधरी रहेको खुलेको छ ।

उनी माछा मार्ने क्रममा चिप्लिएर नदिमा बगेको बताईएको छ । उनको हात र खुट्टामा चोट लागेको छ । यसैबीच जेठ ३१ गते बिहिबार धादिङ् जिल्लाको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भारतीय नागरिक सोनालाल दासको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन सुरक्षा बेश आदमघाटबाट बिपद् व्यवस्थापन तालिम प्राप्त टोलि परिचालन गरिएको छ । यस्तै  पोखरा महानगरपालिका–१७ बिरौटास्थित रातो पहिरोमा जेठ २६ गते देखि सम्पर्क बिहिन भएका धन बहादुर आलेको खोजिका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको फौज परिचालन गरिएको छ ।