समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं, जेठ ३२

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले असार महिनाका लागि निक्षेपमा पाँच दशमलव २५ देखि छ दशमलव २५, रेमिट्यान्स बचत खातामा सात दशमलव २५ प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपक तर्फ अधिकतम आठ दशमलव २५ प्रतिशत र संस्थागततर्फ सात दशमलव २५ प्रतिशत ब्याजदर तोकेको छ । फाइनान्सले व्यक्तिगततर्फ तीन देखि छ महिना अवधिका लागि सात दशमलव २५ प्रतिशत, छ महिना देखि नौं महिना अवधिका लागि सात दशमलव ५० प्रतिशत, नौं महिना देखि एक वर्ष अवधिका लागि सात दशमलव ७५ प्रतिशत, एक वर्ष देखि दुई वर्ष अवधिका लागि आठ प्रतिशत र दुई वर्ष देखि माथिका लागि आठ दशमलव २५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै संस्थागततर्फ छ महिना देखि नौं महिना अवधिका लागि छ दशमलव ५० प्रतिशत, नौं महिना देखि एक वर्ष अवधिका लागि छ दशमलव ७५ प्रतिशत, एक वर्ष देखि दुई वर्ष अवधिका लागि सात प्रतिशत, र दुई वर्ष देखि माथिको अवधिका लागि सात दशमलव २५ प्रतिशत ब्याजदर तोकेको छ । समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल््क प्रदान गरिरहेको छ ।