पुल बनाउन खनेको खाल्टोमा डुवेका बालक तथा झरनामा खसेका व्यक्तिको शव फेला

पुल बनाउन खनेको खाल्टोमा डुवेका बालक तथा झरनामा खसेका व्यक्तिको शव फेला

काठमाडौं, असार २

कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए । 

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो । त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । असार १ गते साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो ।  

त्यसैगरी असार १ गते सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको खोजी कार्यको लागि नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहितको फौज खटिएको छ ।