प्रभु बैंकको ३०५ औँ शाखा मान्मामा

प्रभु बैंकको ३०५ औँ शाखा मान्मामा

काठमाडौं, असार २

प्रभु बैंक लिमिटेडले मान्मामा पनि शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोटको खाडाचक्र नगरपालिका–१ स्थित मान्मामा आफ्नो ३०५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । 

बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बिश्वास बैंकले लिएको छ ।