नेप्सेमा १७ अंकले गिरावट, पाँच अर्ब ४७ करोडको सेयर कारोबार

नेप्सेमा १७ अंकले गिरावट, पाँच अर्ब ४७ करोडको सेयर कारोबार

काठमाडौं, असार २

नेप्से घटेको छ । आज आईतबार नेप्से १७ दशमलव शुन्य चार अंंकले घटेर दुई हजार ९५ दशमलव २५ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दशमलव २५ अंकले घटेर तीन सय ७० दशमलव ९३ अंकमा पुगेको छ । तीन सय १७ वटा कम्पनीहरुको ७१ हजार नौं सय ९७ पटकको कारोबारमा आज एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुुहहरुको सेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सुचक बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् । नेप्सेमा आज नेपाल फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।